बडी बिल्डर महर्जन सम्मानित

41

संतोष रन्जितकार
वीरगंज, ८ बैशाख ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पर्सा र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पर्साले संयुक्त रुपमा सम्मान कार्यक्रमको आयोजना गरेको छ । बिश्व बडि बिल्डि· च्याम्पियनसीप महेश्वर महर्जनलाई आइतबार बिरगंजको होटेल मकालुमा एक समारोहका बीच फुलमाला र खादा ओढाएर सम्मान गरिएको हो । आदिबासी जनजाति कुलमा जन्मेर महर्जनले राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा खेलकुदको माध्यमबाट नेपालको र जनजातिको पहिचान राख्न सफल रहनुभएकोले महर्जनलाई सम्मान गरेको नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद पर्साका अध्यक्ष कमल बहादुर पिठाकोटे मगरले जानकारी दिनुभयो ।

सम्मान कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश नं. २ का ईन्चार्ज निरज पिठाकोटे मगर, नेपाल आदिवासी जनजाति महासंघ पर्साका अध्यक्ष कमल बहादुर पिठाकोटे मगर, उपाध्यक्ष जंगि महतो, नेपाल आदिवासी जनजाति पत्रकार महासघ (फोनिज) पर्साका अध्यक्ष दिलिप प्रधान, उपाध्यक्ष अजित भुजेल, पुर्व आदिवासी जनजाति प्रतिष्ठान पर्साका उपाध्यक्ष किरण डंगोल लगायतको सहभागिता रहेको थियो ।

https://ankushdaily.com/