महिला प्रजनन सम्बन्धी अन्तरक्रिया

17

संतोष रन्जितकार
वीरगंज, ८ बैशाख ।
आंग खस्ने समस्या एवं यौन तथा प्रजनन अधिकार विषयक अन्तरक्रिया कार्यक्रम आइतबार वीरगंजमा सम्पन्न भएको छ । वातावरणीय कृर्षि तथा बिकास केन्द्र काठमाण्डौको सहयोगमा र गैरसरकारी संस्था महासंघ नेपाल पर्साको आयोजनामा श्री जिल्ला समन्वय समिति, पर्साको सभाहालमा कार्यक्रम सम्पन्न भएको हो ।

महिला प्रजनन अधिकार कार्यक्रम अन्तर्गत भएको कार्यक्रममा पर्साका विभिन्न कार्यपालिकाका प्रमुख, उप प्रमुख, प्रमुख प्रशाुसकिय अधिकृत र पत्रकारहरुको सहभागिता रहेको थियो । गैर सरकारी संस्था महासंघ नेपाल, पर्साका अध्यक्ष छठु साहको अध्यक्षतामा भएको कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादव, सखुवा प्रसौनी गाउ“पालिकाका अध्यक्ष प्रदिप जयसवाल, पकाहा मैनपुर गाउ“पालिकाका अध्यक्ष विजय चौरसिया, विन्दवासिनी गाउ“पालिकाकी उपाध्यक्ष किरण देवी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, पोखरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज थापा, जगरनाथपुर गाउ“पालिकाका राज कुशवाहा, छिपहरमाई गाउ“पालिकाका देवनाथ साह लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सहजिकरण सहयोगी संस्था वातावरणीय कृर्षि तथा बिकास केन्द्र काठमाण्डौकी ईश्वरी नेपाल, सुमेश भटराई र उमेश यादवले गरेका थिए ।