सरकारले जनतामुखी काम गर्न सकेन ः नेता पौडेल

8

कपिलवस्तु, ८ वैशाख (रासस) ः
नेपाली का·्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टी व्यक्त गर्नुभएको छ ।
नेता पौडेलले दुई तिहाइको वामपन्थी सरकार भए पनि जनतामुखी काम गर्न नसकेको आरोप लगाउनुभयो । कपिलवस्तुको चन्द्रौटामा नेपाली का·्रेसका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै नेता पौडेलले कम्युनिष्ट सरकारले का·े्रसले गरेको ठूलो योजनामा गई फोटो खिचाउने काम मात्र गरिरहेको बताउनुभयो ।
उहा“ले सरकारले एक वर्षसम्म काम गर्ने मेसो नै नपाएको दाबी गर्नुभयो । अहिलेको सरकार भ्रष्टाचारमुखी बन्दै गएको भन्दै जनतामाझ परिचित भइरहेकोे आरोपसमेत लगाउनुभयो । यस्तै नेता पौडेलले का·्रेसले शुरु गरेको जागरण अभियानले पार्टीलाई एक सूत्रमा बा“ध्ने बताउनुभयो । का·्रेस अबको निर्वाचनमा पहिलो पार्टी बन्नेसमेत उहा“को दाबी थियो । भित्रीरुपमा एकता रहेकाले कुनै द्विविधामा नपर्न कार्यकर्तालाई उहा“ले आग्रह गर्नुभयो । कार्यकर्ता भेटघाट कार्यक्रममा का·्रेस केन्द्रीय सदलस्यद्वय अर्जुननरसिहं केसी र गगनकुमार थापा, कपिलवस्तुका जिल्ला सभापति सुरेन्द्रराज आचार्य, कपिलवस्तु क्षेत्र नं ३ का सांसद अभिषेकप्रताप शाहलगायत नेताहरुको उपस्थिति थियो ।