दमक, ९ वैशाख (रासस)ः
नेपाली का·्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले का·्रेस जिम्मेवारसँगै सशक्त प्रतिपक्षको भूमिकाबाटै जनताको पक्षमा दृढताका साथ उभिने बताउनुभएको छ ।
आज झापाको दमकमा का·्रेस क्षेत्रीय समितिको नवनिर्मित कार्यालय भवनको उद्घाटन तथा ६ पुराना कार्यकर्तालाई सम्मान गर्दै उहाँले वर्तमान सरकारबाट जनता आशावादी होइन्, आजित हुँदै गएको आरोप लगाउनुभयो । चुनावमा अनेकौँ लालच देखाए पनि सरकारमा आएपछि गतिलो काम गर्न सकेका छैनन, उहाँले भन्नुभयो । उहाँले स्वतन्त्र प्रेसमाथि अङ्ढुश लगाउन खोजेको, जथाभावी पत्रकार पक्राउ गर्न थालेको, सेना परिचालनको अधिकार प्रधानमन्त्री मातहत ल्याउन खोज्नु अधिनायकवादको सङ्ढेत भएको जिकिर गर्नुभयो ।
पार्टी विधानअनुसार बाँकी रहेका समिति सबैको सहमतिमै गठन गर्ने स्पष्ट पार्दै सभापति देउवाले पार्टीलाई बलियो बनाउन खाँचो रहेको औँल्याउनुभयो । का·्रेसको भविष्य सबै नेता, कार्यकर्तामा रहेकाले अब का·्रेसलाई बलियो र जनताको का·्रेस बनाउन जुट्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा का·्रेस उपसभापति विजयकुमार गच्छदार, महामन्त्री डा शशाङ्ढ कोइराला र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारको कार्यशैलीको आलोचना गर्नुभयो । का·्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, राष्ट्रियसभा सदस्य सरिता प्रसाईं, का·्रेस केन्द्रीय सदस्य भीष्मराज आङदेम्बे, धनराज गुरुङ, जिल्ला सभापति उद्धव थापा, महेन्द्रकुमारी लिम्बूलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । पार्टीका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीको अध्यक्षतामा भएको ऊक्त कार्यत्रममा पार्टीका जिल्ला, गाउँ तथा नगरका कार्यकर्ताको उपस्थिति रहेको थियो । दमक–५ स्थित पार्टी कार्यालय भवन करीब रु ३५ लाखको लागतमा निर्माण गरिएको हो ।