गाउँपालिका स्तरिय क्रिकेट मैदानको लागि बजेट पारित गराएरै छाडने ः नेता गुप्ता

8

संतोष रन्जितकार
वीरगंज, ९ बैशाख ।
पर्साको पकाहामैनपुर गाउँपालिकाको वडा नम्बर ४ लहावरथकरीमा प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु भएको छ । सो क्रिकेट प्रतियोगिताको एक कार्यक्रमका बिच पुर्ब सांसद एवं नेकपाका नेता राजकुमार गुप्ताले उद्घाटन गरेका छन । लहावरथकरीमा आयोजित प्रिमियर लिग २०७६ को सोमबार उद्घाटन गर्दै नेता गुप्ताले पकहामैनपुर गाउँपालिकामा गाउँपालिका स्तरिय क्रिकेट मैदानको लागी केन्द्रबाट आउदो आर्थिक बर्षमा बजेट पारीत गराएर छाडने प्रतिबद्धता व्यक्त गर्नु भयो ।


कार्यक्रमलाई सम्बोधन गर्दै गुप्ताले खेलले शारिरको लागी, स्वास्थ्यका लागी अति नै उतम रहेको बताए । गाउँपालिकाबाट पनि केन्द्र स्तरमा खेलाडीहरु जानु पर्ने उनको भनाई रहेको थियो । मदन पासवानको अध्यक्षतामा भएको उदघाटन समारोहमा नेकपाका प्रदेश नम्बर २ का सदस्य प्रभु पटेल, हमिद मियाँ, पन्नालाल यादव, सोनालाल चौरसिया, पक्रकार छठु साह लगायतले मन्तब्य राखेका थिए ।
त्रिकेट प्रतियोगीतामा नेपाल र भारतका १६ वटा टिम सहभागी हुने आयोजक टिमका शत्रुधन गिरीले बताए । सोमबार भएको प्रथम खेल आयोजक क्रिकेट टिम छोटका लहावरथकरी र कालिकामाई गाउँपालिकाको वडा नमबर ४, प्रशुरामपुर बलुवा बिच र दोस्रो खेल धोरे र सबैठवा बिच भएको गिरीले जानकारी गराए ।