संतोष रन्जितकार
वीरगंज, ९ बैशाख ।
नेपाल विद्यार्थी संघको ४९ औ स्थापना दिवसको साता ब्यापी कार्यक्रम अन्तर्गत सोमबार चौथो दिन पकहा मैनपुर गाउपालिकाको मानिकपुर टोलमा नेविसंघद्वारा एक दलित परिवारलाई चामल, दाल, तेल र नगद प्रदान गरिएको छ ।
नेविसंघका पुर्व केन्द्रिय कोषध्यक्ष, ठाकुर राम क्याम्पसका पुर्व स्ववियु सभापति तथा नेपाली कांग्रेसका पुर्व जिल्ला सदस्य बैकुण्ठ श्रीवास्तवको प्रमुख आतिथ्यमा एक दलित परिवार जो आर्थिक रुपले कमजोर भएको कारण छोरिको बिहे गर्नमा समेत धौ–धौ परेकोलाई नेविसंघले १०० किलो चामल, २० किलो दाल, २० लिटर तेल तथा नगद रु ५ हजार हस्तान्तरण गरेको थियो । कार्यक्रम नेविसंघका पकहा मैनपुरका सभापति सुमिर पाण्डेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेविसंघ पर्साका सभापति विश्वास द्विवेदी, वडा अध्यक्ष बृज मोहन पाण्डे, पुर्व गाविस प्रमुख बिध्याकान्त पाण्डे, नेविसंघका पुर्व केन्द्रिय सदस्य सुधिर पटेल, बद्री तिवारी, बिकेश पटेल, नेविसंघ जगरनाथपुर इकाई सभापति अब्दुल कयुम, पर्सागढि नगरपालिका इकाइ सभापति मन्जिव मिश्रा, रुद्र हलदर, ओमेश्वर शाह, निखिल ओझा, वीरगन्ज महानगर इकाइ सभापति विवेक कलवार, विन्दवासिनी गाउपालिका अध्यक्ष मुनराज तिवारी, बहुदरामाइ नगरपालिका अध्यक्ष ललन सहनी लगायतको उपस्तिथि रहेको थियो ।