पीडित परिवारलाई खाद्यान्न सामाग्री बितरण

16

संतोष रन्जितकार
वीरगंज, ९ बैशाख ।
गत चैत्र १७ गते आएको बिनासकारी हावाहुरीबाट प्रभावित फेटा गाउपालिका वडा नं. १ भलुही टोलामा लुम्बिनी समाज संस्था रुपन्देही प्रदेश नं. ५ ले लाखौं मुल्य बराबरको खाद्यान्न सामाग्री चामल, दाल, पिठो, तेल, मसला, बिस्कुट,चाउचाउ, बिस्कुट, पानी लगायतका राहत सामग्री बितरण गरेको छ । ग्रामीण बैंक पर्साको सहयोग र सामुदायिक सेवा केन्द्र श्रीपुर बिरगंजको समन्वयमा फेटा गाउपालिका वडा नं. १ का अध्यक्ष जयप्रकाश दासको रोहबरमा राहत सामग्री वितरण गरिएको हो । सो राहत बितरणमा समाजसेवी, सामुदायिक सेवा केन्द्र श्रीपुरका पदाधिकारीहरु, सन्चारकर्मी लगायतको उपस्थितिमा समुदाय–प्रहरी साझेदारी अन्तरगत राहत बितरण गरिएको सामुदायिक सेवा केन्द्र श्रीपुरका सचिव दिलिप प्रधानले जानकारी दिनु भयो । राहत सामाग्री बितरण कार्यक्रममा लुम्बिनी समाज संस्थाका अध्यक्ष मनोरमा शेरचन, सचिव केदार वरई, कोषाध्यक्ष राममाया पौडेल, सामुदायिक सेवाकेन्द्र श्रीपुरका उपाध्यक्ष रेखा घिमिरे, सचिव कुल नारायण प्रधान (दिलिप), सन्चारकर्मी अजित भुजेल, ग्रामीण बैंक क्षेत्रीय प्रबन्धक लक्ष्मण अर्याल, संजिव खनाल, दामोदर चौधरी, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी केन्द्र श्रीपुर वीरगंजका प्रहरी हवल्दार मोहन कुमार झा, महिला प्रहरी लालुमाया तामाङ लगायतको सहभागिता रहेको थियो ।