एक महिने ब्युटिसियन तालिम सम्पन्न

21

संतोष रन्जितकार
वीरगन्ज, १० बैशाख ।
पर्साको पटेर्वा सुगैली गाउँपालिकामा संचालित एक महिने ब्युटिसियन तालिम सम्पन्न भएको छ । पटेर्वा सुगौली गाउँपालिकाको सहयोगमा र ब्रिलिएन्ट युवा क्लबको आयोजनामा संचालित ब्युटिसियन तालिम मंगलबार सम्पन्न भएको हो । पटेर्वा सुगौली गाउँपालिकाको वडा नं. ४ सुगौली स्थित रहेको श्री ने.रा.मा.वि. मा संचालित ब्युटिसियन तालिमको समापन समारोहमा बोल्दै सहभागिहरुले हालको अवस्थामा दैनिक जिवनमा नभई नहुने सिप ब्युटिसियनको भएको बताए । तालिमबाट एक महिनाको दौरान सिखेको सिपले दैनिक जिवनको साथै आयआर्जन गर्न पनि टेवा पुग्ने तालिमकी सहभागि रामशिला चौधरीले बताइन । महिलाको लागि जिवनको महत्वपूर्ण थोक सौन्दर्य रहकोले तालिमले हाम्रो जिवनलाई सजिलो बनाएको चौधरीले बताइन ।

अर्का सहभागि पार्वती देवीले तालिमले आफुहरुको हौसला बढाएको बताइन । तालिमको समापन समारोहमा बोल्दै पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतोले महिले आफु भित्र भएको सिप, कला प्रस्तुत गर्नु पर्ने बताइन । महिलाहरुले सिप प्रस्तुत नगरेका कारण महिला पछाडी परेको उनको भनाई थियो । त्यसकै लागि गाउँपालिकाले महिला बिशेष कार्यक्रम अन्तर्गत सिप मुलक तालिम संचालन गरेको उपाध्यक्ष महताले बताइन । महिलाहरुलाई साना तथा घरेलु उधोग मार्फत आयआर्जनमा अग्रसन गर्न तालिम संचालन गरिएको हो । प्रमुख प्रशासकिय अधिकृत सरोज कुमार चौधरीले जब सम्म महिलाहरु आफ्नो खुट्टामा उभदैनन तबसम्म महिलाहरुको विकास नहुने बताए । सिखेको सिपले व्यवसाय गरी आत्मनिर्भर बन्नु पर्ने उनको सुझाव थियो । ब्रिलिएन्ट युवा क्लबका अध्यक्ष छठु साहले तालिमबाट सिखेको सिप व्यवहारमा लागु गरे महिलाहरुको आर्थिक, समाजिक, सांस्कृतिक र राजनितिक विकास हुने बताए । गाउँपालिका अन्तर्गतका सबै वडाका २६ जनाको सहभागिता रहेको ब्युटिसियन तालिममा बिना दहाल र निलम कुमारीले प्रशिक्षण दिएका थिए । तलिमको समापन समारोहमा गाउँपालिकाका उर्जा तथा वातावरण अधिकृत निर्मल कुमार सिंह, तालिम स्थल श्री ने.रा.मा.वि. सुगौलीका प्रअ मोहन चौधरी लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन ब्रिलिएन्ट युवा क्लबका शम्भु कुमार सुमनले गरेका थिए ।