व्यवस्थित वीरगंज अभियानद्वारा सडकमा राखिएका पसलहरु हटाउंदै

54

संतोष रन्जितकार
वीरगंज, १० बैशाख ।
व्यवस्थित वीरगन्ज अभियानले सडकपेटी तथा सार्वजनिक स्थानमा जथाभावी राखिएका निर्माण सामग्री तथा पसलहरु हटाउने कामलाई निरन्तरता दिएको छ । सोमबार वीरगन्जको अलखिया मठदेखि वीर्ताको मालपोत कार्यालय सम्मको मुख्य सडकमा जथाभावी राखिएका निर्माण सामग्री तथा नियम उल्लंघन गरि पार्किङ गरिएका सवारी साधानहरु नियन्त्रणमा लिएर कारवाही गरेको थियो ।

अभियानले मंगलबार घण्टाघरबाट मिनाबजार सम्मको सडकमा राखिएका पसलहरुलाई वीरगन्ज महानगरपालिकाको नगर प्रहरी र नेपाल प्रहरीको सहयोगमा हटाईएको व्यवस्थित वीरगन्ज अभियानका सहसंयोजक प्रकाश खेतानले जानकारी दिनुभयो ।