वीरगंज, २९ बैशाख ।
समाजवादी पार्टी नेपाल पर्साका सह–इन्चार्ज रामनरेश प्रसाद यादवले पत्रकार सम्मेलनको आयोजना गरी नेपाली कांग्रेसका नेता सुरेन्द्र प्रसाद चौधरीले आफ्नो दलबाट निर्वाचित जनप्रतिनिधीहरुलाई असभ्य भाषा प्रयोग गरी तथानाम गाली गरेको आरोप लगाउंदै अब उप्रान्त यस्तो गालीगलौज गरेमा आफ्नो पार्टी कडा कदम चाल्न बाध्य हुने बताउनु भयो ।
उनले जारी गरेको विज्ञप्तिमा नेता सुरेन्द्र प्रसाद चौधरीले कसलाई गाली गरे ? किन गाली गरे ? त्यो कुनै उल्लेख गरिएको छैन । वर्तमान केपी ओलीको सरकारमा सहभागी समाजवादी पार्टी नेपालको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभरी जागरण अभियान अन्तर्गत आलोचना गर्दै विभिन्न कार्यक्रमहरु जनसमक्ष ल्याएको छ । यस दरम्यान सत्तामा सहभागि दलले पत्रकार सम्मेलन गरी आफ्ना पार्टीद्वारा निर्वाचित हाल निलम्बित पर्सा क्षेत्र नं. ३ का सांसद हरिनारायण प्रसाद रौनियारका व्यक्तिगत क्रियाकलापको सन्दर्भमा पूर्व सांसद सुरेन्द्र प्रसाद चौधरीले सवाल उठाएपछि जवाफ हरिनारायणले दिने कि उनको पार्टीले ? यो एउटा गम्भिर प्रश्नचिन्ह खडा भएको छ ।
पप्पु कन्सट्रक्सनका पूर्व संचालक भनिएको भएतापनि अहिलेसम्म राज्यद्वारा बोलाइएका मिटि·हरुमा निलम्बित सांसद हरिनारायण रौनियार सहभागि हुने गरेको रेकर्डले देखाउंछ ।
पप्पु कन्सट्रक्सनले सकार गरेको ठेक्काहरुमा भएका अनियमितता र बदमासीहरुको कारणले गर्दा उनको दल सहभागि भएको सरकारले गरेको काम कारवाहीको कारण उनी निलम्बित छन् तर प्रतिपक्षमा रहेको दलका नेताहरुले कुरा उठाउंदा उनको पार्टीले अब पर्सा जिल्लामा बखेडा खडा गर्ने आशयको प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार सम्मेलन गरेको देख्दा यो सरकारले कस्तो लोकतन्त्रको परिकल्पना गरेको छ यो कुरा जनसमक्ष उदांगिएको छ ।
पप्पु कन्सट्रक्सनका प्रबन्ध निर्देशक निलम्बित सांसद हरिनारायण रौनियारका छोरा सुमित रौनियार अहिले फरार भएर भारतको गोवामा मौज गरिरहेको बुझिएको छ । विभिन्न योजनाहरुको ठेक्का साकार गर्ने मोबलाइजेशन मनी उठाएर जग्गा खरिद गर्ने, मिटर व्याजमा लगाउने र समयमा काम नगरी जनतालाई दुःख दिने गरेको काम देख्न नसकेपछि पर्सा प्रमुख जिल्ला अधिकारीले नारायण प्रसाद भट्टराईले ठेकेदारहरुको विरुद्ध कडा कदम चालेका छन् ।