हिन्दु युवा परिषदको युवा भेला सम्पन्न

56

संतोष रन्जितकार
बीरगंज २९ बैशाख ।
हिन्दू युवा परिषद पर्साको युवा भेला नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि एंवम हिन्दू परिषद नेपालका राष्ट्रीय अध्यक्ष संतोष पटेलले हरेक आन्दोलनमा युवाको महत्वपूर्ण भुमिका रहेको हुनाले राष्ट्रको पहिचान हिन्दू राष्ट्र नेपालको लागी हुने आन्दोलनको लागी तैयार रहन युवाहरुलाई अनुरोध गरेका थिए ।
नेपालमा हिन्दूहरु माथि अन्याय र अत्याचारको घटनामा निकै नै बृद्धि भएको छ । एनजिओ र नया नेपालको नाममा धर्म परिवर्तन गराउने कार्य तीब्र रूपमा भइरहेको पटेलले बताए ।
संगठन बिस्तार गर्ने क्रममा जिल्ला–जिल्ला गएको बेला नेपाली जनतामा निकै नै ऊत्साह रहेको र कार्यक्रममा सत्रिय सहभागी देखेर आफु नेपाल पुनः हिन्दू राष्ट्र हुने कुरामा विशवस्त रहेको पटेलले बताए । हिन्दू युवा परिषद पर्सा जिल्ला अध्यक्ष अखिलेश साहको सभापतित्वमा सम्पन्न भेलामा हिन्दू परिषद नेपालका केन्द्रिय उपाध्यक्ष बिजय गुप्ता, महासचिव अनिरुद्ध सिंह, कोषाध्यक्ष संजय सरार्फ, केन्द्रिय सदस्य सुरेश साह कानू, हिन्दू युवा परिषदका केन्द्रिय अध्यक्ष सचितानन्द दुबे, महासचिव प्रमोद सिंह, सचिव मुना सोनी, प्रवक्ता उमेश साह कानू, केन्द्रिय सदस्य मनीष वर्णवाल, जगदीश साह तुरहा, हिन्दू परिषद नेपाल पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेल, उपाध्यक्ष बिरेन्द्र गुप्ता, बीरगंज नगर अध्यक्ष ऋषिकेश पटेल लगायतकाले शुभकामना मन्तव्य दिएका थिए । भेलाले जसपाल सिंहको नेतृत्वमा १३ सदस्यीय जिल्ला कमिटि गठन गरेको छ ।
उपाध्यक्षहरुमा श्यामबाबू गुप्ता, गणेश ठाकुर, सचिव रंजीत चौरसिया, सह–सचिव नारायण हजरा, कोषाध्यक्ष राजेश पटेल, जिल्ला सदस्यमा राजन पटेल, राजू सोनी, गणेश साह, शौरभ कर्ण, सुनील पटेल, सल्लाहकारहरूमा अखिलेश साह, पनालाल साह रहेका छन । युवा परिषदको पहिलो बैठकले जिल्लामा रहेका स्थानीय तहबाट समावेश गराउने लक्ष्य रहेको नवनिर्वाचित अध्यक्ष जसपाल सिंहले बताए ।