तस्करीको मटर बरामद

44

संतोष रन्जितकार
वीरगंज, ३० बैशाख ।
वीरगंज महानगरपालिका वडा नं. १७ अलौंमा प्रहरीले छापामारी गरी केराउ (मटर) बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय श्रीपुर, बिर्ता र ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको संयुक्त टोलीले सूचनाको आधारमा आईतबार र सोमबार गरी अलौंको मलाह टोलमा छापामारी गरी भारी परिमाणमा मटर बरामद गरेको हो । स्थानिय गौरी सहनी र सुखाडी सहनीको घरमा प्रहरीले छापामारी गरी करिब २५ किलोको १२५ बोरा र ५० किलोको १०६ बोरा मटर बरामद गरेको पर्सा प्रहरीले जनाएको छ । बरामद गरिएको मटर केराउ जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक चक्रबहादुर मल्ले जानकारी गराउनु भयो ।