ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

16

संतोष रन्जितकार
वीरगंज, ३१ बैशाख ।
बारामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बाराको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर–१ हुलाकी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक सोही स्थानका २० वर्षिय कृष्णनन्दन गुप्ताको मृत्यु भएको हो । उनको एक हप्ता अघि गएको वैशाख २४ गते विवाह भएको थियो । मकै बोकेर गइरहेको ना ४ ख २८१२ नम्बरको ट्रकले ॅअन टेस्ट’ मोटरसाइकललाई ठक्कर दिँदा गुप्ताको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।ठक्कर दिने ट्रकलाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लिएका छन् भने ट्रक चालक फरार छन् ।
मृतक गुप्ताको शव पोष्टमार्टमको लागि कलैया अस्पतालमा राखिएको छ ।