लागुऔषध ओनेरेक्स सहित एक पक्राउ

27

वीरगंज, ३१ बैशाख ।
वीरगंज भन्सार राजस्व गस्ती टोलिले लागूऔषध ओनेरेक्स सहित एक जनालाइ पक्राउ गरेको छ । भारतको रक्सौलबाट नेपाल आउदै गरेको अवस्थामा सशस्त्र प्रहरी राजस्व गस्ती टोलिले लागूऔषध ओनेरेक्स सहित एक जनालाइ पक्राउ गरेको हो ।
विशेष सुचनाको आधारमा वीरगंज भन्सार राजस्व गस्ती टोलिका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक खडकाको कमान्डमा खटिएको टोलिले भारतको रक्सौलबाट खरिद गरी नेपाल भित्रिदै गर्दा पक्राउ गरेको थियो । मकवानपुर जिल्लाको हेटौडा उप–महानगरपालिका वडा नम्बर ९ निवासी शम्भु सुवेदीका ३४ बर्षीय छोरा अग्नि सुवेदीलाई ना ११ प २६१८ नम्बरको एफ जेड मोटरसाइकलमा ९६ पिस लागुऔषध ओनेरेक्स सहित पक्राउ गरिएको डिएसपी तिलक खडकाले जानकारी दिनुभयो ।
पक्राउ गरिएको लागूऔषध सहित सुवेदीलाई अवाश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक खडकाले जानकारी दिनुभयो ।