विद्यार्थीहरुद्वारा सन्देश मूलक निर्वाचन अभ्यास

45

संतोष रन्जितकार
वीरगंज, ३१ बैशाख ।
बाराको डुमरवाना स्थित राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनका छाक्रछात्राले जननिर्वाचित व्यत्तिहरु कसरी निर्वाचित भएर राज्यको जिम्मेवार निकायमा जान्छन भने हेतुले प्रयोगात्मक अभ्यास गरेका छन् ।
मुलुक संघीय प्रणालीमा गईरहेको बेला बालिक मतदाताहरुले निर्वाचन प्रणालीमा भाग लिदा अनुभव नभएको कारण धेरै मतदाताहरुको भोट जलेको अनुभवको आधारमा विद्यार्थीहरुले सन्देसमुलक निवार्चन अभ्यास गरेका हुन । शिक्षा सदनका ६ वटा हाउस लिडरको लागि चुनावी मैदानमा २१ जना विद्यार्थी उम्मेदवारहरुले निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गरेका थिए । ६ कक्षा देखि १० कक्षासम्मका विद्यार्थीहरुले मतदानमा भाग लिन पाउने ब्यबस्था गरेको निर्वाचन अभ्यासमा अभिभावकहरुको पनि उपस्थित रहेको थियो ।
बिद्यालय प्रशासनले निर्वाचन आयोग, मतदान अधिकृत चुनाव चिन्ह, मतदाता पत्र, मतदान पेटिका, निर्वाचन प्रतिनिधि, परिवेक्षक लगायत सम्पुर्ण व्यवस्था मिलाएकोले निर्वाचन अभ्यास रोचकपुर्ण रहेको शिक्षा सदनका अध्यक्ष बिदुर खडकाले जानकारी गराएका थिए ।

https://ankushdaily.com/