संतोष रन्जितकार
वीरगंज, ३१ बैशाख ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाको आयोजनामा मंगलबार पर्सेली संचारकर्मीहरुको बृहत भेला सम्पन्न भएको छ । भेलामा सोमबार एभिन्युज टेलिभिजनको बीरगंज कार्यलयमा भएको तोडफोडको बारेमा गम्भिर छलफल भएको हो । भेलाले आक्रमण गर्नेहरुलाई कानूनको दायारामा ल्याउनको लागि सबैले मांग गरेका छन । आन्दोलनको स्वरुपका बारेमा अझै भोली ब्यापक छलफल र परामर्श गरि अघि बढ्ने सहमति भएको छ ।
बैठकमा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दीपेन्द चौहानले पर्सा शाखाले गर्ने पक्रकार हितका हरेक कार्यत्रममा आफुहरुको सहभागिता र ऐक्यबद्धता रहने धारणा राख्नु भएको थियो । भेलामा महासंघका प्रदेश सदस्य जगत राई, अनुप तिवारी, मनोज पटेल, राम सर्राफ, बिजय भण्डारी, बिजय महतो, शेखर छतकुली, आशिक अन्सारी, क्रान्ति साह, हरिशंकर शर्मा लगायतले आ—आफ्नो सुझाव प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराको सभापतित्वमा सम्पन्न भएको थियो ।