निःशुल्क लोकसेवा तयारी कक्षा सुरु

50

संतोष रन्जितकार
वीरगंज, १ जेठ ।
पर्साको सखुवा प्रसौनी गाउँपालिकामा निःशुल्क लोकसेवा तयारी कक्षा संचालन भएको छ । सखुवा प्रसौनी गाउँपालिकाको सहयोग र एचिभर्स इन्स्टिच्युट वीरगंजको आयोजनामा गाउँपालिका स्तरिय लोकसेवा आयोग तयारी परामर्श कार्यक्रम अन्तर्गत लोकसेवा तयारी कक्षा सुरु भएको हो ।
श्री ने.रा.मा.वि. महुवनमा सुरु भएको लोकसेवा तयारी कक्षाको बुधबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले उदघाटन गरेका थिए ।
लोकसेवा तयारी कक्षाको उदघाटन गर्दै अध्यक्ष जयसवालले गाउँपालिकाको युवायुवतीहरुलाई सरकारी जागिर प्रति आकर्षण गर्न गाउँपालिकाबाट निःशुल्क कक्षा संचालन गरिएको बताए । संचालन भएको लोकसेवा तयारी कक्षाको फाइदा उठाउँदै सरकारी जागिर खानु पर्ने उनले बताए । प्रमुख प्रशासकिय अधिकृत संदेश यादवले गाउँपालिकाले संचालन गरेको लोक सेवा तयारी कक्षाले सरकारी जागिर खान सहर धाउनु पर्ने बाध्यताको अन्त्य भएको वताए ।
उनले भने ॅहामी पढदा खेरी लाखौ रकम खर्चेर सहर धाउनु पर्ने वाध्यता थियो अब त्यसको अन्त्य भएको छ’ । त्यसले गाउँपालिकाले संचालन गरेको कक्षामा सक्रिय सहभागिता जनाई मौकाको फाइदा उठाउनु पर्ने बताए । वडा नं. ५ महुवनका निमित वडा अध्यक्ष रामबालक रामको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा एचिभर्स इन्स्चियुटका संचालक दिपक पटेल, श्री न.रा.मा.वी. महुवनका प्रअ रामदेव कुर्मी, पत्रकार शम्भु कुमार सुमनले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन प्राण मेहताले गरेका थिए ।

https://ankushdaily.com/