फ्रि तिब्बत अभियानमा जगदम्बा ग्रुप सक्रिय

33

वीरगंज, १ जेठ ।
शताब्दीयौंसम्म बेग्लै राष्ट्रको रुपमा रहेको तिब्बत माथि जनवादी गणतन्त्र चीनले आफ्नो अधिपत्य जनाउंदै आएको छ ।
नेपाल सरकारले पनि तिब्बत चीनको अंग भएको मान्दै आएको छ । फ्रि तिब्बत अभियानमा नेपालका राजनीतिक शक्ति र यहाँका पुजिपतिहरु समेत संलग्न भएको तथ्य खुलेको छ ।
मेरो देश मेरो जगदम्बाको नारा घन्काएर नेपाली बजारमा आफ्नो उत्पादनलाई स्थापित गर्न सफल जगदम्बा ग्रुपले आफ्नो प्रचार सामग्रीमा बौद्धमार्गीहरु, भिच्छुहरुलाई प्रयोग गरी तिब्बतलाई स्वतन्त्र गराउने सन्देश दिन खोजेको तथ्य अहिले उजागर भएको छ ।
अन्तर्राष्ट्रिय स्तरमा जगदम्बाका संचालक खासगरी युरोप अमेरिकामा उनीहरुको फ्रि तिब्बत कदमको बारेमा प्रशंसा गरिदैछ । भर्खरै फ्रि तिब्बतबारेमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलन लाटिभियाको रिगामा जगदम्बा ग्रुपका एक जना जिम्मेवार प्रतिनिधि सहभागि भएर फर्किएका छन् ।
नेपालमा जगदम्बा ग्रुपको यस कदमप्रति विरोध देखिएको भएतापनि अन्तर्राष्ट्रिय स्तरमा खास गरी पश्चिम मुलुक युरोप अमेरिका तिर वाहवाही भएको छ ।
जगदम्बा ग्रुपका प्रतिनिधीको भ्रमणबारे चिनिया चासो निकै बढेको र यस सन्दर्भमा उनीहरुको नेपाल सरकार धारणा समेत मांग गरेको बुझिएको छ ।
नेपालमा नव नेपाली नागरिकहरुद्वारा संचालित जगदम्बा ग्रुपका संचालकले आफ्ना भएभरका नातेदारहरुलाई नेपालको विभिन्न भागबाट नागरिकता दिलाउन सफल भएका छन् ।