प्रहरीद्वारा विद्यार्थीहरुलाई जनचेतना मूलक प्रशिक्षण

40

संतोष रन्जितकार
बारा, २ जेठ ।
इलाका प्रहरी कार्यालय महेन्द्र आदर्श बाराले लागुऔषध, सडक सुरक्षा र साईबर सुरक्षा सम्बन्धी विद्यार्थीहरुलाई प्रशिक्षण गराएको छ । इलाका प्रहरी कार्यालय महेन्द्र आदर्शका प्रहरी नायब निरिक्ष्कँ राम प्रसाद साहले प्रहरी विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत महेन्द्र आदर्श गाउँपालिका वडा नं. २ बारा स्थित श्री रामचरित्र मा.वि. चिउटाहामा कक्षा ८,९ र १० गरी सयौंको संख्यामा रहेका विद्यार्थीहरुलाई सो जनचेतनामूलक प्रशिक्षण दिएका हुन् । प्रशिक्षण कार्यक्रममा विद्यार्थीहरु, अभिभावकहरु र शिक्षकहरुको उपस्थिती रहेको थियो ।

त्यसैगरी बारागढी गाउँपालिका वडा नं. १ बारा स्थित श्री जनता मा.वि. बुद्दगाईमा पनि कक्षा ८, ९ र १० गरी ४०५ जना विद्यार्थीहरुलाई जिल्ला प्रहरी निरिक्ष्कँ बाराका चन्देश्वर यादवले पनि प्रहरी विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत ज.ज.क., लागुअैँषध, सडक सुरक्षा, साईबर सुरक्षा सम्बन्धी जनचेतना मूलक प्रशिक्षण दिएका थिए ।

https://ankushdaily.com/