भारतीय बृहत शैक्षिक मेला शुरु

19

वीरगंज २ जेष्ठ ।
९ औं बृहत भारतीय दुई दिने शैक्षिक मेला २०७६ वीरगंज स्थित होटल भिस्वामा बिहिबारदेखि शुरु भएको छ । ईडुका कन्सलटेन्सी वीरगंजको आयोजना र द नौलेज नेटवर्कको सहयोगमा सो बृहत भारतीय शैक्षिक मेला शुरु भएको हो । मेलामा भारतीय ख्याती प्राप्त गरेका विभिन्न विश्व विद्यालयका डाईरेक्टर, प्रिन्सिपलहरु आएर यहाका अभिभावक, विद्यार्थीहरुसंग परामर्श गर्दै उच्च शिक्षाका लागि नेपाल आएको ईडुका कन्सलटेन्सीका मेनेजि· डाईरेक्टर फिरोज अंसारीले बताएका हुन ।

भारतका २१ विश्व विद्यालयका प्रिन्सिपल, डाईरेक्टरहरुले नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्नका निम्ती तथा नेपाली विद्यार्थीहरुको उज्जवल भविष्य निर्माण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कलेजका डाईरेक्टरहरुले बताएका छन् । डाईरेक्टरहरुले यहाँबाट लिएर गएका विद्यार्थीहरुलाई विभिन्न स्कलरशीप दिनुका साथै बस्ने व्यवस्थाको प्रवर्द्धन समेत मिलाइएको बताएका छन् । मेलाको अवलोकन गर्न यहाका विभिन्न कलेजका छात्रछात्राहरु र अभिभावकहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।