संतोष रन्जितकार
वीरगंज, २ जेठ ।
वीरगंज स्थित मेगा बैंक शाखा कार्यालयमा फेला परेको एक लाख रुपैया जिल्ला प्रहरी कार्यालय पर्साले मानव सेवा आश्रमलाई हस्तान्तरण गरेको छ । सो एक लाख रुपैया जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्ष्कँ रेवती ढकालको नेतृत्वमा रौतहट यमुना गाउँपालिका–३ घर भई वीरगंज महानगरपालिका वडा नं. ८ बस्ने वर्ष २० का प्रिन्स कुमार मुखिया र प्रिन्स पटेल (हरिओम)द्वारा मानव सेवा आश्रमलाई हस्तान्तरण गराएको हो । फेला परेको रकमको बारेमा प्रहरी कार्यालय पर्सामा १ महिना ३ दिन बित्दा पनि कसैले दावी गर्न नआएपछि प्रहरीले ऊक्त रकम आश्रमलाई हस्तान्तरण गरेको थियो । सो हस्तान्तरण कार्यत्रमको वीरगंज पब्लिक कलेजका प्रबन्ध निर्देशक डा. दिपक शाक्यले पानसमा द्विप प्रज्वलित गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
सो रकम चैत्र २९ गते मेगा बैंकको शाखा कार्यालय वीरगंजमा केही कामले बैंकमा गएका प्रिन्स कुमार मुखियाले भेट्टाएका थिए । मुखियाले सो रकमलाई जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएका थिए ।
फेला परेको रकम प्रहरीलाई बुझाएकोमा पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले मानव सेवा आश्रममा हस्तान्तरण कार्यक्रममा प्रिन्स मुखिया र प्रिन्स पटेललाई खादा सम्मान समेत गरेका थिए ।
कार्यक्रममा वीरगंज पब्लिक कलेजका प्रबन्ध निर्देशक डा. दिपक शाक्य, सामाजिक अभियन्ता प्रकाश थारु, मानव सेवा आश्रमको दिवेश गुप्ता, संचारकर्मी सुरेश बिडारी लगायत मानव सेवा आश्रमका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।