उपझोक्ता हित संरक्षण मञ्चद्वारा अन्तरत्रिया कार्यक्रम

24

संतोष रन्जितकार
वीरगंज, ३ जेठ ।
उपभोक्ता हित संरक्षण मञ्च नेपालको आयोजना र भन्सार बिभागको सहयोगमा अधिकतम खुद्रामुल्य (MRP) घोषणा गर्न छनौट गरिनुपर्ने आवश्यक थफ मालबस्तुहरु विषयक अन्तरक्रिया कार्यत्रम सम्पन्न भएको छ ।

वीरगंज भन्सार कार्यालयको सभाहलमा भएको अन्तरक्रियामा उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय सदस्य एवं पर्सा अध्यक्ष धिरज शर्माको अध्यक्षतामा र वीरगंज महानगरपालिकाका उपप्रमुख शान्ती कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको बिशिस्ट अतिथि वीरगंज उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल केडिया, नेपाल पत्रकार महासघ प्रदेश नं. २ का उपाध्यक्ष केसि लामिछाने, सदस्य जगत राई, निरज पिठाकोटे मगर, वीरगंज भन्सार कार्यालयका कार्यालय प्रमुख श्याम प्रसाद भण्डारी, गोपाल खत्री, प्रकाश पोखरेल, उपेन्द्र लामिछाने, प्रमोद पौडेल, खाद्य क्वारेन्टाईन बिरगंजका बिजय खनाल, उपभोक्ता हित संरक्षण मञ्च नेपाल वीरगंज महानगरपालिकाका नगर अध्यक्ष अजित कुमार भुजेल, सचिव प्रिती सिंह, कोषाध्यक्ष संतोषमान रन्जितकार, सदस्यहरु दिलिप प्रधान, मन्सुर खान, शिव मंगल राय यादव, बित्तु नेपाली, राजाबाबु रौनियार, राजेश सिंह लगायतकाको सहभागिता रहेको थियो ।