तम्बा छयोइलिङ गुम्बाको शिलान्यास सम्पन्न

9

संतोष रन्जितकार
वीरगंज, ३ जेठ ।
पर्साको पर्सागढि नगरफालिका वडा नं. ३ बडनिहारमा शुक्रबार एक कार्यत्रमका बीच तम्बा छयोइलिङ गुम्बाको शिलान्यास गरिएको छ ।
पुर्ब मन्त्री एवम् नेपाली का·्रेस केन्द्रीय सदस्य अजय कुमार चौरसिया र प्रदेस सभा सदस्य राजेशवर प्रसाद साहले आज संयुक्त रुपमा गुम्बाको शिलान्यास गर्नुभएको हो । पर्सागढी नगरपालिकाको नगर योजना अन्तरगत आर्थिक बर्ष २०७४/०७५ को २ लाख पचास हजार र ०७५/०७६ को ५ लाख गरि कुल ७ लाख पचास हजारको लागतमा निर्माण हुन लागेको गुम्बाको लागि आगामी आर्थिक बर्ष थप रकम सहयोग गरिने पर्सागढि नगरपालिकाका नगरप्रमुख लोकनारायण यादवले प्रतिबद्धता व्यक्त गरे ।

बडनिहारका अध्यक्ष सुर्तीराम तमा·को सभापतित्वमा भएको शिलान्यास कार्यक्रममा नगरपालिकाकी उपप्रमुख अर्चना चौधरी, सुकमान तमा·, गुम्बाका प्रमुख लामा फ्रेम लामा लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यत्रमको सहजीकरण लक्ष्मी लामाले गर्नुभएको थियो ।