संतोष रन्जितकार
वीरगंज, ३ जेठ ।
पर्साको जिराभवानी गाउँपालिका १ बलुवामा भाइले हानेको गोली लागेर दाजुको मृत्यु भएको छ । बिहीबार साँझ भाइले हानेको गोली लागेर गम्भीर घाइते ४८ वर्षीय शेख फारुकको उफचारका क्रममा शुत्रबार बिहान मृत्यु भएको हो ।
घरायसी विवादका क्रममा शेखलाई उनका कान्छा भाइ ३८ वर्षीय शेख फारुक सेराजुद्दिनले नलकटुवा पेस्तोलबाट गोली हानेका थिए ।
गोलीले दाहिने पाखुरा छेडेर गम्भीर घाइते भएका शेखको शुक्रबार बिहान मृत्यु भएको हो । गोली लागे लगत्तै उनलाई वीरगन्जको नारायणी अस्पतालमा भर्ना गरिएको थियो । त्यहा उपचार सम्भव नभएपछि नेशनल मेडिकल कलेजमा ल्याइएको थियो । त्यहाँ पनि उपचार असम्भव देखिएफछि काठमाडौं लाने क्रममा शुत्रबार बिहान ७ बजे उनको निधन भएको हो ।
गोली हान्ने भाइ सेराजुद्दिनलाई प्रहरीले बिहीबार राति नै पक्राउ गरिसकेको छ । पेस्तोल र गोलीसहित पक्राउ परेका भाइ जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा छन् ।