संचार विधेयकमा केही शब्दावली त्रुटिबस पर्न गएको छ ः मन्त्री यादव

11

जनकपुर, ३ जेठ ।
आन्तरिक मामिला तथा कानुनमन्त्री यादवले एउटा विज्ञप्ति प्रकाशित गरी प्रदेश संसदमा विचाराधीन सञ्चार सम्बन्धी विधेयकका केही प्रावधानप्रति सञ्चारकर्मीले असहमति र अस्विकारोक्ति गरेप्रति ध्यानाकर्षण भएको जनाएका छन्।
उनले ॅ५० लाख देखि १ करोडसम्म जरिवाना गर्ने भन्ने वाक्याशं र अन्य केही शब्दावली प्राविधिक त्रुटीवस पर्न गएकोले यसलाई सञ्चारकर्मीहरुको थप परामर्श र संशोधनबाट परिमार्जन गर्ने प्रतिबद्धता’ ब्यक्त गरेका छन्।
प्रदेशसभामा विचाराधीन रहेको प्रदेश सञ्चार समबन्धी विधेयकमा सञ्चारकर्मीहरुले संप्रभुताविरुद्ध समाचार लेखेमा ५० लाखदेखि एक करोडसम्म जरीवाना गर्ने भनि शब्दावली प्राविधिक त्रुटिवश पर्न गएको प्रदेशका न्यायधिवक्ता दिपेन्द्र झाले बताएका छन्। ॅसंचारकर्मीहरुसँग बृहत छलफल गरी सो सच्चाइने प्रतिवद्धता व्यक्त गर्दछु। प्रदेश सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको छ,’ उनले समाजिक सञ्जालमा लेखेका छन्। प्रदेशको न्यायाधिवक्ताले सरकारको फ्रवक्ताजस्तो वत्तव्य दिएको भन्दै यसको समेत आलोचना भइरहेको छ ।