किराँतहरुले मनाए उभौली पर्व

38

बारा, ४ जेठ ।
किरात समुदायले बाराको जितपुर–सिमरा उपमहानगरपालिकामा (एले सम्बत ५०७९ तथा वैशाखे पूर्णिमाको अवसरमामा शनिबार उभौली पर्व धुमधामका साथ मनाएका छन् । बारा जिल्लाको पथलैयामा किरात राई लिम्बु परिषद बारा, पर्सा समितिको आयोजना आफ्नो भाषा संस्कृती र परम्पराको संरक्षण गरौ भन्ने नाराका साथ उधौली पर्व मनाएका हुन् ।
किरात समुदायका राई, लिम्बू, याक्खा, सुनुवारलगायत जातिले एक वर्षलाई उभौली र उधौलीमा छुटयाउने गर्दछन् । बाली लगाउने यामलाई उभौली र बाली उठाउने यामलाई उधौली याम भन्दछन् । यी दुवै याममा प्रकृतिको पूजाआजा गरी यो पर्व मनाउने गर्दछन् ।

कृषि युगको सुरुवात भएदेखि नै यो चाड प्रचलनमा आएको विश्वास गरिन्छ । उभौलीलाई समुदायका राईहरुले साकेला, लिम्बूले यक्वा तङनाम, सुनुवारले ष्याँदरपिदार, याक्खाले युच्याङ र थामीले भुम्या नामले सम्बोधन गर्दछन् ।
उभौली पर्वमा बालीनाली लगाउनअघि खनजोत गर्दा अन्जानबस माटोमा भएका जीव मरे क्षमा पाउँ भनी पूजाआजा गरिन्छ । यस्तै, अन्नबाली राम्रोसँग सप्रियोस, कीरा फट्या·्रा तथा ज·ली जनावरले दुःख नदिउन्, बालीनालीमा रोग नलागोस्, सबैमा सुख, शान्ति, सुस्वास्थ्य, दैवीप्रकोप तथा विपत्ति नआओस् भन्दै पूजाआजा गरिने बारा अध्यक्ष सुरेन्द्र राईले बताए ।
गर्मी बढेपछि माछा, पशुपंक्षी, चराचुरु·ी, कीरा फट्या·्रासमेत उभो चिसो लेकतिर बसाई सर्छ भन्ने विश्वासले उभौली पर्व मनाउने गरिन्छ । उभौली लागेपछि पृथ्वी तातिने र बीउविजन लगाउँदा उम्रिन सक्ने भएकोले यो याम बालीनाली लगाउने यामको रुपमा लिइन्छ ।
यो पर्व किरात समुदायको बसोवास रहेको ठाउँमा तथा बारा, पर्सा, काठमाडौं उपत्यका, पोखरा र भारतलगायत विश्वका विभिन्न देशमा बसोवास गर्दै आएको किरात समुदायका मानिसहरुले मनाउने गर्दछन् । यो पर्व विभिन्न कार्यक्रम गर्दै एक सातासम्म मनाउने गरिन्छ ।
कार्यक्रममा किरात राई यायोक्खा जिला कार्य समिती पर्साका अध्यक्ष बाबू चामलि· राई , सचिव दिपेन्द्र राई, सचीव प्रदीप राई , नेकपाका केन्द्रिय सदस्य दिनेश राई, आदिबासी जनजाति पत्रकार महासघ (फोनिज)प्रदेश न,२ का ईन्चार्ज निरज पिठाकोटे मगर , पर्साका उपाध्यक्ष अजित कुमार भुजेल लगायतको सभागिता रहेको थियो ।