खुल्ला आँखा शिविर सम्पन्न

16

संतोष रन्जितकार
वीरगंज, ४ जेठ ।
सामुदाय प्रहरी साझेदारी अन्तर्गत ग्रीन सिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरीको आयोजनामा तथा माट्रिका आई फाउण्डेशनको सहयोगमा खुल्ला आँखा शिविर सम्पन्न भएको छ ।

 

सो शिविरमा सडक हिडीरहेको मानिसहरुको आंखाको चेकजांच गरिएको हो । शिविरमा महिला पुरुष गरी ३७० जनाको आंखाको चेकजाँच गरिएको थियो भने ७० जनामा मोतियाबिन्दु समेत फेला परेको थियो । मोतियाबिन्दु भएका व्यक्तिहरुको ग्रीन सिटी सामुदायिक सेवा केन्द्रको सिफारिसमा माट्रिका आई फाउण्डेशनद्वारा निःशुल्क शल्यक्रिया गरिने माट्रिका आई फाउण्डेशनको डा. महेश सिंह धामीले जानकारी दिनुभयो । शिविरमा आँखा चेकजाँचको साथै निःशुल्क औषधी समेत वितरण गरिएको थियो । सो कार्यक्रमको उद्घाटन जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख नारायण प्रसाद भट्टराईले गर्नुभएको थियो ।
शिविरमा पर्साका प्रहरी उपरिक्षक रेवती ढकाल, सशस्त्र प्रहरी गणका प्रहरी नायब उपरिक्षक मनहरि कुइकेल, पर्सा ट्राफिकका प्रहरी निरिक्षक राज कुमार सिंह, वडा प्रहरी कार्यालय बिर्ताका निशान थापा, ग्रीन सिटीका प्रकाश खेतान लगायत स्थानीय भद्रभलादमीको सहभागिता रहेको थियो ।