दुई तिहाईको दम्भमा मीडियालाई नियन्त्रण गर्ने सरकारको प्रयास ः नेता चौरसिया

15

रौतहट, ४ जेठ ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य अजय कुमार चौरसियाले सरकार दुई तिहाईको दम्भ देखाउदै मिडिया र मानवअधिकारलाई नियन्त्रण गर्ने प्रयास गरेको भन्दै आपत्ति जनाउनु भएको छ ।
नेपाली काँग्रेस नगर कार्य समिति फतुवा बिजयपुर रौतहटको आयोजनामा राष्ट्रिय जागरण अभियानलाई सम्बोधन गर्नु हुदै नेता चौरसियाले सरकारले प्रस्तुत गरेको मीडिया बिधेयक कुनै पनि हालतमा नेपाली काँग्रेसलाई स्वीकार्य नहुने बताउनु भयो । नेपाली सेनालाई प्रधानमन्त्रीको अधिनमा ल्याउन लागेको बिधेयक, मानवअधिकारको रक्षाको खातिर र देशबाट भ्रष्टाचार समाप्त पार्नका लागि नेपाली काँग्रेसले देशव्यापी जागरण अभियान गर्न लागेकोमा नेता चौरसियाले जोड दिनुभयो ।

नगरसभापति बाबुराम अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा नेका रौतहटका सभापति कृष्ण प्रसाद यादव, संविधानसभा सदस्य सुनिल कुमार यादव, हृदयनारायण यादव, राम श्रेष्ठ, रामअयोध्या राय, रामभरोसी यादव, गोपाल यादव लगायतकाले आ–आफ्ना बिचार राख्नु भएको थियो ।
कार्यक्रममा नेकाका नेताहरु नेविसंघ पर्साका नेता सरोज चौरसिया, अन्नत कोईराला, रामनारायण यादव, कुमार चौलागाई, रुपेश पटेल, नितेश गुप्ता, श्याम चौलागाई लगायतको सहभागीता रहेको थियो ।