एभिन्युज प्रदेश कार्यालयमा भएको घटनाप्रति सांसद यादवद्वारा दुःख व्यक्त

68

वीरगंज, ५ जेठ ।
एभिन्युज टेलिभिजनको प्रदेश कार्यालयमा तोडफोड भएको घटनाप्रति समाजवादी पार्टी पर्साका अध्यक्ष एवं सांसद प्रदिप यादवले दुःख प्रकट गरेका छन् ।
कुनै पनि असहृय घटनामा संलग्न नहुन पार्टीका जिल्ला स्थित सबै तहका कार्यकर्तालाई आग्रह गर्न चाहन्छौ भन्दै लोकतन्त्रको सबभन्दा महत्वपूर्ण स्तम्भ चौथो अंगप्रति आफ्नो श्रद्धा रहेको सो विज्ञप्तिमा उल्लेख छ ।
एभिन्युजको कार्यालयमा भएको तोडफोडको घटनाप्रति दुःख व्यक्त गर्दै पार्टीको नीतिसंग यस्तो कुरा मेल नखाने र भविष्यमा संचारजगतसंग सौहाद्रपूर्ण र रचनात्मक सहयोगको आदान–प्रदान हुने अपेक्षा सांसद यादवले गरेका छन् ।

https://ankushdaily.com/