डियुटीको क्रममा एक सेनाको मृत्यु

22

संतोष रन्जितकार
वीरगंज, ५ जेठ ।
नेपाली सेनाका एक जवानको ड्युटीको क्रममा मृत्यु भएको छ । पर्सा राष्ट्रिय निकुज्यस्थित श्री बारादल गण आधाभारमा कार्यरत सैनिक जवान देवीराम जैसीको ड्युटीको क्रममा ज्यान गएको हो । ड्युटीमा रहेका २८ वर्षीय जवान जैसी गएराति १२ बजे अचानक बेहोस भएका थिए । बेहोस जैसीलाई उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज लैजादै गर्दा बाटोमै ज्यान गएको पर्सा प्रहरीले जानाएको छ । उनको शव पोस्टमार्टम लागि नारायणी अस्पताल वीरगञ्जमा राखिएको छ ।