वडाअध्यक्ष मिश्र अनुदार भएको आरोप

12

वीरगंज, ५ जेठ ।
वीरगंज महानगरपालिका वडा नं. २६ का वडाअध्यक्ष शम्भु मिश्रले पदीय मर्यादा विपरित काम गरेको उनको वडा बस्ने रामबाबु सिंहले आरोप लगाएका छन् ।
सिंहले आफ्नो नाउंको कि.नं. ४ जम्मा जग्गा ७ धुर ८ कनवा मध्ये बदनियत पूर्वक वडा अध्यक्षले आफ्नो जग्गा बढी मिची रहेको आरोप लगाउंदै सडकको मध्यबिन्दुबाट दुवै तर्फ बराबर जग्गा लिनुपर्ने भन्दै आफ्नो मान्छेलाई फाइदा र मलाई घाटा पुर्‍याउने उद्देश्यले वडाअध्यक्ष मिश्र सक्रिय रहेको आरोप लगाए ।