सेनाद्वारा क्रियापुत्री भवन निर्माण सम्पन्न

14

संतोष रन्जितकार
बारा, ५ जेठ ।
बिभिन्न समयमा देशका लागी साहदत प्राप्त गरेका आफ्ना जवानहरुको सम्झनामा नेपाली सेनाले क्रियापुत्री भवन निर्माण गरेको छ ।
सेनाले बाराको जीतपुरसिमरा उपमहानगरको वडा नम्बर ४ औराहास्थित प्रगतिशिल सामुदायिक वनसमुह अन्तर्गत देवाश्रम नजिकै ऊक्त त्रियापुत्री भवन निर्माण गरेको हो ।
करिब १५ लाख रुपयाँको लागतमा निर्माण सम्पन्न भएको ऊक्त त्रियापुत्री भवनलाई नेपाली सेनाले ॅजानकी भवन’ नाम दिएको छ ।
नम्बर २८ बाहिनी अड्डा जीतपुरको पहलमा निर्माण भएको भवनको साँचो आईतबार एक कार्यक्रमका बिच बाहिनीपती सहायक रथी विनय विक्रम राणाले सोही वडाका अध्यक्ष ईश्वर खत्रीलाई हस्तान्तरण गरेका थिए ।
साँचो हस्तान्तरण गर्दै सहायक रथी राणाले समाज उत्थानका हरेक क्रियाकलापहरुमा संलग्न भई नागरिक सैनिक सम्बन्ध सुदृढ गर्न नेपाली सेना कटीबद्ध रहेको बताए । ॅराष्ट्रमा आईपर्ने हरेक प्रकारका प्राकृतिक विपत्तीहरुमा नेपाली सेनाले बिगतमा खेलेका भुमिकालाई मनन् गर्दै संविधानले निर्दिष्ट गरेका जिम्मेवारीहरु पुरा गर्न नेपाली सेना सधैं तयार रहेको उनले बताए ।
त्यसैगरी भवनको साँचो ग्रहण गर्दै वडा अध्यक्ष खत्रीले सामाजिक कार्यहरुमा नेपाली सेनाले खेलेको भुमिका अतुलनिय रहेको तथा सामाजिक समस्या एवं प्रकृतीक बिपत्तीमा परेकाहरुको पुर्नउत्थानमा सेनाको संलग्नता र योगदानको आँफुहरुले कदर गर्नुपर्ने भन्दै प्रशंसा समेत गरे ।
सेनाले निर्माण सम्पन्न गरि सुम्पीएको उक्त भवन संरक्षण र उपभोग दुबै चुनौतीपूर्ण रहेको भन्दै उनले यसको संरक्षणका लागी बिशेष समिती गठन गरेर जिम्मा लगाउने बताए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य प्रभु बुढाथोकी, नम्बर २८ बाहिनीका महासेनानी सुशिल श्रेष्ठ, चन्दनथान गण कलैयाका गणपती प्रमुख सेनानी पारस बिक्रम शाह, तारादल गण बाराका गणपती निखिल कुँवर, चण्डी प्रसाद गण पर्साका गणपती सृजन मल्ल, प्रगतिशिल सामुदायिक बन उपभोक्ता समिती औराहाका अध्यक्ष रमेश खरेल, औद्योगिक सुरक्षा गुल्म औराहाका प्रमुख सशस्त्र प्रहरी नायब उपरिक्षक गौतम कुँवर लगायत स्थानिय समाजसेवी, बुद्धिजिवीहरुको उपस्थिती रहेको थियो ।
नम्बर २८ बाहिनी अड्डा जीतपुरको पहलमा मातहतका श्री समशेर गण सर्लाही, इन्द्रबक्स गण रौतहट, चन्दननाथ गण बारा, तार दल गण बारा, चण्डीप्रसाद गण पर्साको आर्थीक एवं श्रम सहयोगमा निर्माण सम्पन्न उक्त भवनका लागी सिमरास्थित जगदम्बा स्टिलले जस्ता तथा ट्रष्ट सहयोग गरेको बाहिनी अड्डाका बाहिनीपती राणाले जानकारी दिए ।