प्रहरीद्वारा अवैध मदिरा भठ्ठी नष्ट

110

संतोष रन्जितकार
वीरगंज, ६ जेठ ।
पर्सा प्रहरीले पर्साको उत्तरी भेगको गाउँ झब्रहामा छापा मारी करिब एक दर्जन मदिरा भट्टी नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक आशिष अधिकारीको नेतृत्वमा गएको प्रहरी टोलीले पर्सागढी नगरपालिका–३ मा पर्ने झब्रहामा अवैध रूपमा सञ्चालित मदिरा भट्टीहरू, तयारी मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट गरेको हो ।
प्रहरीले सो टोलबाट करिब ३ सय २५ लिटर अवैध घरेलु मदिरा, १७ हजार २ सय लिटर कच्चा पदार्थ तथा ४२ थान मदिरा बनाउने भाँडावर्तन, ४ क्विन्टल सक्खर, १ क्विन्टल फिटकिरी लगायतका सामानहरु बरामद गरी स्थानीयहरुको रोहबरमा नष्ट गरेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी अनन्तराम शर्माले बताए ।

https://ankushdaily.com/