रुंगटा वेलफेयर सोसाइटीद्वारा र जनता मा. वि.लाई सहयोग

15

संतोष रन्जितकार
वीरगंज, ६ जेठ ।
वीरगंज महानगरपालिका वडा नं. ६ स्थित रु·टा वेलफेयर सोसाइटीले जिल्ला बारा रामपुर टोकनी स्थित जनता माध्यमिक बिधालयलाई ५ लाखको चेक हस्तान्तरण गरेको छ ।
रु·टा वेलफेयर सोसाइटीका अध्यक्ष मुरलीधर रु·टाले ५ लाखको सेन्चुरी कमर्सियल बैंकको चेक सोमबार हस्तान्तरण गर्नुभएको हो । यो सहयोग प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट तिन बर्षे बाली बिज्ञान कार्यक्रमको लागि सहयोग गरिएको जनता मा.वि.का बलराम सर्राफले जानकारी दिनुभएको थियो । सो रकम अन्य उद्देश्य र कार्यमा लगाउन नपाउने र सो कार्यक्रम सन्चालन भए नभएको सोको बिवरण पेश गर्नुपर्ने तथा रुंगटा वेलफेयरले समय–समयमा निरीक्षण समेत गरिने वहाँले बताउनु भयो । सो कार्यक्रमको सहयोगी ग्रीन सिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी रहेको थियो भने कार्यक्रम जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा पर्साका प्रहरी नायब उपरिक्ष्कँ अनन्त राज शर्मा, पर्सा ट्राफिकका प्रहरी निरिक्ष्कँ राजकुमार सिंह, वडा प्रहरी कार्यालय बिर्ताका निशान थापा, ग्रीन सिटी सामुदायिकका अध्यक्ष प्रकाश खेतान, मारवाडी समाज र बुद्धिजिवी व्यक्तिहरु लगायतको उपस्थिती रहेको थियो ।