उपप्रमुख चौधरीद्वारा सडक ढलानको शिलान्यास

19

मनोज साह
बारा, ७ जेष्ठ ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ को नगौलमा सडक ढलान तथा नाला निर्माणको शिलान्यास सम्पन्न भएको छ । सडकको शिलान्यास जितपुरसिमरा उपमहानगरपालिकाकी उपप्रमुख सरस्वती देवी चौधरी र नेकपाका नेताहरु देवनारायण चौधरी, मनोज पौडेल, भोला अधिकारीले संयुक्त रुपमा शिलान्यास गर्नुृ भएको हो । कार्यक्रममा बोल्दै उपप्रमुख चौधरीले नगरपालिकाले बिकास निर्माणको कार्यलाई तिब्रता दिएको बताउनु भयो ।
वडाअध्यक्ष क्यामुदिन अंसारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा सदस्य बुद्धकुमारी अधिकारी, नेकपाका नेता रबिन्द्र खकुरेल, फजिलहक अंसारी, जनजागरणका कोषाध्यक्ष कमरुल अंसारी लगायतको सहभागिता रहेको थियो । उपमहानगरपालिकाले छुटटयाएको वडाको ५१ लाख मध्येबाट सो सडक र नाला ढलान हुन लागेको उपप्रमुख चौधरीले बताउनु भयो ।

https://ankushdaily.com/