युवा च्याम्पियन समिक्षा तथा प्रमाणपत्र वितरण

20

संतोष रन्जितकार
वीरगंज, ७ जेठ ।
सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साको आयोजना र रेसलेष्ट डेभलोपमेन्ट र युनिसेफ (USAID) को सहयोगमा सम्भव शुन्य सहनशिलता लै·िकहिंसा मुक्त विद्यालय अन्तर्गत यौंग च्याम्पियनसंग कार्यक्रम समिक्षा तथा प्रमाणपक्र वितरण कार्यत्रम सम्पन्न भएको छ ।

सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष इब्राहिम देवानको सभापतित्व तथा शिक्षा विकास समन्वय ईकाइ कार्यालयका प्रमुख हरिराउत कुर्मीको प्रमुख आतिथ्यमा मंगलबार जिल्ला समन्वय समितिको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा रेसलेष्ट डेभलोपमेन्टका पुरुष वि.क., बिनय भण्डारी, रस्मिता महर्जन, युनिसेफका उपमा मल्ल, एनजिओसिसिका महासचिव रामप्रवेश साह लगायतले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए । त्यस्तै यौंग च्याम्पियनका ५० जनालाई प्रमाणपत्र समेत वितरण गरिएको सामाजिक परिचालक दुलारचन्द प्रसाद साहले जानकारी दिएका थिए ।