हावाहुरी पीडित परिवारहरुलाई कुकर वितरण

10

संतोष रन्जितकार
वीरगंज, ७ जेठ ।
हावाहुरीबाट प्रभावित बाराको प्रसौनी गाउँपालिकाको वडा नं ४ खुटवा जब्दीका पीडित परिवारहरुलाई कुकर वितरण गरिएको छ ।
हावाहुरीबाट पीडित भएकाहरुको आर्थिक अवस्थालाई ध्यानमा राख्दै रिपोर्टर्स क्लब नेपाल प्रदेश न. २ का कोषाध्यक्ष एवं मधेश मिडिया प्रा.लि.का अध्यक्ष रौतहट जिल्ला निवासी युवा अभियन्ता अभिमनु कुमार पटेलको विशेष पहलमा राहत स्वरुप कुकर वितरण गरिएको हो । चैत १७ गते आएको महाविनाशकारी हावाहुरीबाट बारा र पर्सा जिल्लामा २९ जनाको मृत्यु भएको थियो भने १४ सय ५३ जनाको घर पूर्णरुपमा क्षति भएको प्रारम्भिक तथ्याङकले बताएको छ ।
हावाहुरी प्रभावित ७० वटा परिवारलाई प्रतिपरिवारमा एउटा कुकर वितरण गरिएको पत्रकार अभिमनु पटेलले जानकारी दिए । उनले हावाहुरीले घरबारबिहीन बनेका र परिवारको सदस्य गुमाएकालाई सबैले सहानुभूति र सहयोग गर्नुपर्ने बताए ।

पर्सा जिल्लाका प्रभावशाली अभियन्ता प्रकाश थारु र राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रिय सदस्य विवेक कुमार यादव लगायतको टोली राहत वितरणका लागि खुटवा जब्दी पुगेका थिए । राहत लिन आएका हावाहुरी प्रभावितले भने राहत वितरणमा धेरै राजनीति करण भएतापनि यो राहत हामी पीडित परिवारलाई प्रत्यक्ष आफनो रोहबरमा वितरण गर्नु भएकोमा पीडितहरुले खुशी व्यक्त गरेका थिए ।
सर्लाही प्रवासी सेवा समाज कतार, नेपाल नगरपालिका संघ प्रदेश नं २ का अध्यक्ष तथा परोहा नगरपालिका प्रमुख शेख वकिल, प्रभाकर साह फिलिपिन्सि, मो.मुस्ताक आलम कतार लगायत अन्य सहयोगीहरुको उपलब्ध समेत रहेको अभियनता पटेलले बताए ।
आफुले कुनै सहयोग कार्यको लागि अभियान सुरु गर्ने बितिकै म माथी विश्वास गरेर देश बिदेशबाट राहत दिने सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरु प्रति पटेलले अभार व्यक्त गरेका थिए । सोही वडाका वडाअध्यक्ष नन्दु कुमार गुप्ता, बृजकिशोर साह, गण्डक प्रहरी चौकीका प्रमुख लगायत जनसमुदायको उपस्थितिमा सो राहत वितरण गरिएको अभियन्ता पटेलले बताए ।