आर्थिक समृद्धिका लागि सार्थक सहयोग जरुरी छ ः अध्यक्ष दाहाल

4

काठमाडौँ, ८ जेठ (रासस) ः
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ॅप्रचण्ड’ले नेपाल आर्थिक विकास र समृद्धिको चरणमा प्रवेश गरेकाले त्यसलाई सफल बनाउन अन्तर्र्ष्ट्रािय समुदायको सार्थक सहयोगको जरुरी रहेको बताउनुभएको छ ।
आज आफूसँग शिष्टाचार भेटका लागि पुग्नुभएका बेलायतको अन्तर्र्ष्ट्रािय विकास विभागकी मन्त्री बरोनस सुगसँग भएको भेटमा अध्यक्ष दाहालले नेपालमा राजनीतिक स्थिरता कायम भएको र आफूहरु आर्थिक समृद्धिका लागि अगाडि बढेको बताउनुभयो ।
अध्यक्ष दाहालले उहाँले भन्नुभयो, ँआर्थिक विकासका लागि हामीलाई धेरै प्राविधिक जनशक्तिको आवश्यकता पर्ने भएकाले हामीले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गरी वर्तमान सरकार र पार्टीले व्यवहारिक तथा व्यावसायिक शिक्षालाई उच्च प्राथमिकतामा राखेका छौँ । अध्यक्ष दाहालले शान्ति प्रक्रिया, नयाँ संविधान र तीन तहको निर्वाचनपश्चात् अबको देशको आर्थिक समृद्धिमा नै एकमात्र लक्ष्य रहेको प्रष्ट्याउनुभयो । देशमा लगानीमैत्री वातावरणका लागि वर्तमान समय उचित रहेको बताउनुहुँदै उहाँले कृषिमा आधारित उद्योग, पर्यटन, जलविद्युत् र भौतिक पूर्वाधारका क्षेत्रमा लगानी आवश्यक रहेको औँल्याउनुभयो ।
बेलायतकी मन्त्री सुगले नेपालमा महिलाको राजनीति र सामाजिक क्षेत्रमा भएको सहभागिताले आफू अत्यन्त प्रभावित बनेको बताउनुभयो । उहाँले स्थानीय, प्रदेश र केन्द्रका निर्वाचनमा महिलाको सहभागिता दुनियाँका लागि उदाहरणीय कार्य भएको बताउनुभयो । उहाँले नेपालको आर्थिक समृद्धिको निम्ति बेलायत सरकार पनि सहयोगका लागि तत्पर रहेको बताउनुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।