भ्रष्टाचार गरी सम्पति कमाउने व्यक्तिलाई नछोडिने ः अख्तियार प्रमुख घिमिरे

10

संतोष रन्जितकार
वीरगंज, ८ जेठ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचार र भ्रष्टाचारीप्रति अख्तियार निर्मम भएर प्रस्तुत हुने बताउनुभएको छ ।
वीरगंज उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा प्रमुख आयुक्त घिमिरेले अख्तियारले पछिल्लो समय ठेकेदारहरुमा ठेक्का लिने र समयमा काम नगर्ने प्रवृत्ति बढिरहेको बताउनुभयो । उहाँले आफूहरु यस्ता क्रियाकलाप नियन्त्रण गर्न केन्द्रीत रहेको स्पष्ट पार्नुभयो ।
ॅहामीले मुलुकका १ हजार ८ सय ४८ रुग्ण ठेक्काको विश्लेष्ण गरिरहेका छौँ,’ उहाँले भन्नुभयो, ॅझण्डै १ खर्ब १२ अर्ब पूँजी निर्माण कार्यमा रहेको र २४ अर्ब रुपैयाँ ठेकेदारको हातमा छ ।’ फरक प्रस·मा फ्रमुख आयुक्त घिमिरेले सार्वजनिक जग्गा अतित्रमण गरी व्यक्तिको नाममा दर्ता गर्नेहरु अख्तियारको अनुसन्धान प्रक्रियामा रहेको बताउनु भयो ।
ललिता निवासको बहुचर्चित घटनाप्रति अख्तियार निर्मम भएर प्रस्तुत हुने दोहोर्‍याउँदै उहाँले मुलुकलाई ठग्ने, भ्रष्टाचार गरि अकूत सम्पत्ति कमाउने जोसुकै, जस्तो सुकै ठूलो मान्छे भए पनि नछाडिने उहाँको अडान छ ।
ॅहामी कानुन बमोजिम त्यस्ता व्यक्ति, संस्थालाई कानुनी कारवाही गर्न कुनै कसर बाकी नराख्ने उहाँले थप्नुभयो । ॅवीरगञ्जमा पनि केही सार्वजनिक जग्गाको विषय अख्तियारको चासोमा छ ।’