ट्राफिक प्रहरी सक्रिय

88

संतोष रन्जितकार
वीरगंज, ९ जेठ ।
वीरगंज महानगरपालिकाले केही दिन यता हर्न निषेध तथा प्लाष्टिक प्रयोगमा लगाएको प्रतिबन्ध बिहिबार पर्साका ट्राफिक प्रहरीका प्रहरी निरिक्षक राजकुमार सिंहको नेतृत्व टोलीद्वारा श्रीपुर पावरहाउस चौकको विभिन्न स्थानमा सवारी साधन चेकजांच गर्ने क्रममा स्कुल बस, कारखाना बस, यात्रु बस, ट्रक, टेलरमा जडित प्रेसर हर्नहरुलाई निकालिएको छ ।

सो कार्यक्रमलाई आजदेखि निरन्तरता दिदैं ७० वटा सवारी साधनको हर्न निकालिएको थियो भने सो माथि कारवाही प्रक्रिया समेत अगाडी बढाइएको पर्सा ट्राफिकका प्रहरी निरिक्षक राजकुमार सिंहले जानकारी दिनुभयो ।

https://ankushdaily.com/