नगरप्रमुख सरावगीद्वारा विद्यालयहरुलाई स्यानेट्री प्याड वितरण

15

संतोष रन्जितकार
वीरगन्ज, ९ जेठ ।
सामुदायिक विद्यालयामा छात्राहरुलाई टिकाई राख्न वीरगन्ज महानगरपालिकाले स्यानेट्री प्याड वितरण कार्यक्रम सुरु गरेको छ ।
विद्यालयमा अध्ययनरत रजस्वला हुँने उमेर समुहका छात्राको पठनपाठनमा बाधा हुन नदिने उद्देश्यले बिहिबारदेखि निःशूल्क प्याड वितरण सुरु गरिएको हो ।
महानगरभित्र रहेका ३१ विद्यलायमा अध्ययनरत ५ हजार ५ सय भन्दा बढी छात्राहरुको मासिक आवश्यकता पुरा हुने वीरगन्ज महानगरपालिकाले जनाएको छ ।
वीरगन्जको श्री सुन्दरमल रामकुमार कन्या माध्यमिक विद्यलायमा बिहिबार एक कार्यक्रमको आयोजना गरी बिद्यालयहरुलाई प्याड बितरणको शुरु गरिएको थियो ।
कन्या माध्यमिक विद्यलायमा आयोजित कार्यक्रममा सहभागी रहेका ३१ विद्यलायगका प्रधानाध्यापकहरुलाई नगरप्रमुख बिजय कुमार सरावगीले छात्राहरुका लागि विद्यायलका प्रधानाध्यापकहरुलाई प्याड हस्तान्त्रण गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सरावगीले प्याड वितरण कार्यक्रमले रज्जस्वला भएको बेला विद्यालय आउने छात्राले विभिन्न खाले मनाबैज्ञानिक समस्या खेप्दै आएकोमा अब त्यसता समस्याहरुको समाधान भएको तथा छात्राहरुको विद्यालय प्रतिको आकर्षण बढनुको साथै अध्यनमा पनि चाखबढने बताउनु भयो ।
नगरप्रमुख सरावगीले प्याड सहज रुपमा प्राप्त गर्न महानगरपालिकाले चाँडै ब्यान्डिङग र डिस्टोया गर्ने मेसिन विद्यालयहरुमा छिटै जडान गर्न लागीएको जानकारी दिदै उहाँले ३० हजार थान प्याड उपलब्ध गराई सहयोग प्रदान गर्ने राउण्ड टेबल वीरगन्जका पदाधिकारी तथा सम्पूर्ण सदस्यहरुलार्ई धन्यवाद व्यक्त गर्नु भएको थियो ।
उहाले विद्यालयहरुमा तोकिएका महिला फोकल व्यक्तिका रुपमा चुनिएका शिक्षिकाहरुलाई पनि विद्यालयमा छात्राहरुलाई उत्पन्न हुने समस्याहरुको न्यूनिकरण प्रति गम्भिर हुन अनुरोध समेत व्यक्त गर्नु भयो ।
वीरगंज महानगरपालिका नगर प्रमुख सरावगीको अध्यक्षतामा सम्पन्न भएको प्याड बितरण कार्यक्रममा उपमेयर शान्ति कार्की, राउण्ड टेबल नेपालका सौरभ केडिया, वडा नम्बर ४ का वडा अध्यक्ष जगत साह कानु, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जारा लगायतकाले महानगरपालिकाले छाक्राहरुको लागी सुरु गरेको कार्यत्रम धेरै राम्रो भएको बताउदै यसबाट विद्यालयमा छाक्राहरुको संख्या बृद्धिहुने धारणा समेत व्यत्त गर्नुभएको थियो ।
कार्यक्रममा लेडिज सर्कलका उपाध्यक्ष कविता खेतान, कन्या माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेन्द्र कुवर लगायतको उपस्थिती रहेको थियो ।