संतोष रन्जितकार
वीरगंज, ९ जेठ ।
नेपाल बिद्यार्थी संघ पर्साले बिहिबार जिल्ला प्रशासन कार्यालय पर्साको अगाडि एक घंटा धर्ना दिएको छ । बिगत एक हप्ता अगाडी संघले बिभिन्न मागहरु अघि सार्दै जिल्ला प्रशान कार्यालयमा ज्ञापन पत्र बुझाएको थियो ।
पटक–पटक लिखित तथा मौखिक रुपमा जानकारी गराउँदा पनि आफ्ना मागहरुको सुनुवाइ नभएपछि बाध्य भएर धर्ना दिनुपरेको नेपाल बिद्यार्थी संघ पर्साका अध्यक्ष बिश्वास रन्जन द्विवेदीले बताउनुभयो ।
संघले निजि बिद्यालयहरुमा बिद्यार्थीहरुलाई दश प्रतिशत छात्रबृति दिनुपर्ने, स्कुल बसहरुमा एकरुपता गर्नुपर्ने, सरकारी स्कुलहरुमा भर्ना शुल्क नलिने र लिएकाहरुले फिर्ता गर्नुपर्ने तथा दिवा खाजा कार्यक्रम सबै ठाउँमा कार्यान्वयन गर्नुपर्ने र पाठ्य पुस्कतक उपलब्ध गराउनु पर्ने लगायतका मागहरु नेविसंघको रहेको छ ।
शुक्रबार पुनः जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिने तथा सो पश्चात पनि मागको सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम सार्बजनिक गर्ने नेविसंघ पर्साका अध्यक्ष द्विवदीले बताउनुभयो ।
आजको धर्नामा नेविसंघपर्साका उपाध्यक्षद्वय बिकेश पटेल, रुद्र हल्दार, सचिबद्वय प्रभात सिँह, अब्दुल कयुम, बिबेक गुप्ता, मन्जीब मिश्रा लगायत अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो ।