भारतमा बिजेपीको जितप्रति ज्योतीलाल साहद्वारा खुशी व्यक्त

34

वीरगंज, ९ जेठ ।
हिन्दु युवासंघको वरिष्ठ सल्लाहकार ज्योतीलाल साह कलवारले भारतको लोकसभामा हालै सम्पन्न निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीले प्रचण्ड बहुमत ल्याएकोमा खुशी व्यक्त गरेका छन् । बिहिबार एक पत्रकार सम्मेलनको आयोजना गरि ज्योतीलालले अब नेपाल पनि हिन्दु राष्ट्र बन्ने र अयोध्यामा पनि राम मन्दिर बन्ने कुरा प्रति दृढ विश्वास व्यक्त गर्नु भएको छ ।