एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

15

बारा, १० जेठ ।
जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर ४ स्थित औराहमा रहेको घण्टिमाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शुक्रबार अन्न बाली तथा बिउ बिजन सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।
बिभिन्न समयमा आफ्ना सेयर सदस्यहरुलाई लक्षित गरी बिभिन्न कार्यक्रम गर्दे आएको संस्थाले छैठौ बार्षिक उत्सवको अवसरमा आज एक दिने प्रशिक्षणको आयोजना गरेको हो । कार्यालयको आफ्नै सभाहलमा आयोजित प्रशिक्षण कार्यक्रममा झन्डै ५० जना सेयर सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा कृषि सेवा केन्द्रका प्रशिक्षकद्धय धिरज पौडेल र सविन घिमिरेले प्रशिक्षण दिनुभएको संस्थाका कार्यालय प्रमुख नविन खड्काले जानकारी दिनुभयो । संस्थाका कृषि उप–समितिका संयोजक तोयानाथ लुईटेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।