नगरप्रमुख सरावगीद्धारा इफ्तारी सामग्री बितरण

8

संतोष रन्जितकार
वीरगञ्ज, १० जेठ ।
वीरगञ्ज महानगरपालिकाले शुक्रबार इफ्तारी सामग्री बितरण गरेको छ । मुस्लीम धर्मावलम्बीहरुको चलिरहेको एक महिने रमदान पर्वलाई मध्यनजर गर्दै इफ्तारी सामग्री बितरण गरिएको हो ।

महानगरपालिकामा रहेको सबै मस्जीदहरुमा केला,सेव,सर्वत,चिनि एवम खजुर लगायतका इफ्तारी सामग्री बितरण गरिएको हो । सबै धर्म, समुदायलाई सम्मान गर्ने नगरप्रमुख सरावगीको सोच अनुसार अहिले चलिरहेको रमदान पर्वमा महानगरपालिकाको पनि साथ र सहभागीता रहेको भन्दै मस्जीदहरुमा इफ्तारी सामग्री बितरण गरिएको जनाइएको छ ।