सडक अतिक्रमण गरी व्यापार गर्नेहरुको सामान नगरप्रहरीको नियन्त्रणमा

22

संतोष रन्जितकार
वीरगंज, १० जेठ ।
वीरगंज महानगरपालिकाले बाटो अतिक्रमण गरी व्यापार गर्दै आएका व्यापारीहरुको सामान शुक्रबार नियन्त्रणमा लिएको छ । व्यापारीहरुलाई पटक–पटक बाटो खाली गर्न भन्दा पनि नमानेपछि उनीहरुको सामान नियन्क्रणमा लिइएको हो । सो त्रममा महानगरपालिकाका कर्मचारी तथा नगरप्रहरी र व्यापारीबीच घम्साघम्सी समेत भएको थियो ।

सोही क्रममा बिर्ता वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक निशान थापाको कमाण्डमा खटेको प्रहरीद्वारा विरोध गर्ने व्यक्तिहरुलाई सम्झाई बुझाई हल्का बल प्रयोग गरी वीरगंज महानगरपालिकाका कर्मचारी तथा नगरप्रहरीद्वारा नियन्क्रणमा लिएका सरसामान सहितको ट्रैक्टरलाई सुरक्षित साथ बजारबाट बाहिर निकालिएको थियो । सो कार्यत्रम वीरगंज महानगरपालिकाका सरसफाई अधिकृत राज ताम्राकारको नेतृत्वमा गरिएको थियो ।