हिन्दु परिषदद्वारा दूतावास मार्फत मोदीलाई बधाई

20

संतोष रन्जितकार
वीरगंज, १० जेठ ।
हिन्दू परिषद नेपालले भारतमा सम्पन्न लोकसभा निर्वाचनमा भाजपाले ऐतिहासिक जीत हासिल गरेकोमा भारतका प्रधानमंत्री नरेन्द्र मोदी र भाजपाका राष्ट्रीय अध्यक्ष अमित साहलाई बधाई एवम् शुभकामना दिएको छ ।
परिषदका राष्ट्रीय अध्यक्ष संतोष पटेलको नेतृत्वमा शुक्रबार भारतीय महावाणिज्य दूतावास गएको टोलीले दूतावासका प्रमुख बी. सी. प्रधानमार्फत मोदीलाई शुभकामना एवम बधाई पत्र प्रदान गरेका थिए । उक्त अवसरमा प्रमुख प्रधान र सीनियर काउन्सलर बिनोद लोशालीलाई पनि सम्मान गरिएको थियो ।

साथै दूतावासका कर्मचारीलाई मिठाई बितरण गरी खुसीयाली ब्यक्त गरिएको थियो । मोदीको पुनरामनले नेपाल र भारतको सम्बन्धले नयाँ उचाई हासिल गर्ने विश्वास परिसदले लिएको छ । दुबै देशबीच रोटीबेटी, सामाजिक, धार्मिक र साँस्कृतिक मात्र नभई रगतको समेत नाता रहेको पटेलले बताए ।
पटेलको नेतृत्वमा दूतावास गएको टोलीमा हिन्दू परिषद नेपालका केन्द्रिय कोषाध्यक्ष संजय सरार्फ, केन्द्रिय सदस्यहरु श्रीराम उपाध्याय, सुरेश साह कानू, चित्तरंजन श्रीवास्तव, भरत सरार्फ, हिन्दू युवा परिषदका केन्द्रिय अध्यक्ष सचितनन्द दुबे, प्रवक्ता उमेश साह कानू, पर्सा जिल्ला सचिव रंजीत चौरसिया लगायतको सहभागिता रहेको थियो ।