तराईमा दाइजो र भ्रष्टाचार मुख्य समस्या ः अध्यक्ष दत्त

21

वीरगंज, ११ जेठ (रासस) ः
पर्सा, ११ जेठ (रासस) ः नेपाल मधेशी आयोजका अध्यक्ष डा विजय दत्तले प्रदेश नं २ मा स्वास्थ्य, शिक्षा, रोजगार, भ्रष्टाचारसँगै बालविवाह र दाइजोजस्ता कुप्रथा मुख्य समस्या भएको बताउनुभएको छ । उहाँले प्रदेश नं २ को विभिन्न क्षेक्रसँग आबद्ध व्यत्तिसँग अन्तर्क्रियामा तीनै तहमा जनप्रतिनिधि आएको दुई वर्ष बित्नै लाग्दासमेत शिक्षा, स्वास्थ्य, रोजगार तथा भ्रष्टाचारको समस्यामा कुनै कमी नआएको सर्वसाधारणले गुनासो गरेको बताउनुभयो । मधेशी आयोगले आज वीरगञ्जमा आयोजना गरेको ॅमधेशीको समस्या र समाधानका उपाय’ विषयक अन्तर्क्रियामा अध्यक्ष दत्तले स्थानीय तहमा जनप्रतिनिधि आएपछि भ्रष्टाचार थप मौलाएको सर्वसाधारले मुख्य गुनासोको रुपमा बताएको जानकारी दिनुभयो । प्रदेश नं २ का जिल्लाबाट आयोगले सङ्ढलन गरेको सर्वसाधारणको गुनासोलाई प्रतिवेदन तयार पारी नेपाल सरकारलाई रायसुझावसहित उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नागरिक समाजका अगुवा, विभिन्न राजनीतिक दल प्रतिनिधि, सञ्चारकर्मीलगायतले जातीय तथा क्षेत्री आधारमा नभई आर्थिक अवस्थाका आधारमा सरकारले आरक्षण प्रदान गर्नुपर्ने माग गरेका थिए ।

https://ankushdaily.com/