प्रजिअ भट्टराईद्वारा मुसहर बस्तीमा ब्याग वितरण

86

संतोष रन्जितकार
वीरगन्ज, ११ जेठ ।
वीरगंज महानगरको मुसहरबस्तीका बालबालिकालाई शनिबार विद्यालय साम्रगी सहितको ब्याग वितरण गरीएको छ । विभिन्न सहयोगीहरुको सहयोगमा वीरगन्ज महानगरपालिका वडा २२ मनियारीका मुसहरबस्तीमा रहेका बालबालिकालाई विद्यालय सामग्री सहितको ब्याग वितरण गरीएको हो ।

मुसहरबस्तीका बालबालिकालाई पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई लगायतका सहयोगीहरुले बस्तीमा पुगेर १ सय ५ बालबालिकालाई समाग्री सहितको ब्याग वितरण गरेका थिए । ब्याग वितरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भट्टराईले समाजिक संजाल मार्फत सहयोग संकलन गरेर बालबालिकालाई आवश्यक पर्ने कापी, किताब, साबुन, ब्याग लगायतका समाग्री वितरण गर्ने सहयोगीहरुलाई धन्यवाद समेत व्यक्त गर्नुभएको थियो ।
ब्याग वितरण कार्यक्रममा नेकपाका युवा नेता शिवजी गुप्ता, अकलेश साह, समाजसेवी राजन श्रीवास्तव, पत्रकारहरु तिवारी यादव, सुरेश विडारी, निलिमा पौडेल, राधेश्याम पटेल, युवा दिपलाल साह लगायतको उपस्थिती रहेको थियो ।

https://ankushdaily.com/