भविष्य निर्माण सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

29

संतोष रन्जितकार
वीरगंज, ११ जेठ ।
वीरगन्जमा एसईइ परीक्षा दिएका विद्यार्थीहरुलाई ॅभविष्य निर्माण सम्बन्धि’ एक दिने प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । वीरगंज स्थित नगरसभा गृहमा ईग्िंलस डटकम र प्रगति एजुकेशन फाउडेशन प्रालिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा आईटी कलेजका काठमांडौका राजेन्द्र प्रसाद कोईराला र प्राध्यापक विकाश राज पौडेलले विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए । प्रशिक्षकहरुले प्रशिक्षणमा सहभागी भएका विद्यार्थीहरुलाई भविष्य निर्माण गर्नका लागी कसैको देखाउटी नगरी क्षमता अनुसारको काम गरी भविष्य निर्माण गर्ने सुझाव दिएका थिए ।

ईग्िंलस डटकम र प्रगति एजुकेशन फाउडेशन प्रालिका प्रमुख कार्यकारी अधिकृतद्धव डिग्मबर थापा र वासिम हुसैनको अध्यक्षता र भारतीय दुतावास वीरगन्जका डा.कोतरा गोस्वामीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा आईटी कलेजका काठमांडौका प्रमुख कार्यकारी अधिकृत नरेन्द्र बज्राचार्य, प्रधानाध्यापक सम्झाना बसन्यात, कादम्बरी विद्यालय वीरगन्ज सहायक प्रधानाध्यापक राकेश मिश्रा, फिmजिसियन डा. राकेश तिवारी, वीरगन्ज युवा समाजका अध्यक्ष कमल चौगाई लगायतकाले मन्तव्य व्यत गरेका थिए ।
प्रशिक्षणमा ५ सय जना विद्यार्थीहरुको सहभागीता रहेको थियो भने कार्यक्रमको संचालन अब्दुल कैसले गरेका थिए ।